छोराद्वारा आफ्नै आमाको हत्या

| 2020 Oct 25 | 03:53 pm 2234

कञ्चनपुर, कात्तिक ९, गएराती जिल्लाको दक्षिणी क्षेत्रको पुर्नवासमा छोराले आफ्नै सहोदर आमाको हत्या गरेका छन् । हत्या पुर्नवास नगरपालिका–३ सुकुम्वासी बस्तीका ३० वर्षीय पप्पु बादीले आफ्नी आमा ५७ बर्षीय पार्वती बादीको धारिलो हतियार र चिर्पट प्रहार गरी हत्या गरेका हुन् ।

सामान्य घरायसी विवाद पछि कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज प्रहरी निरीक्षक कैलाश विष्टले बताए ।

सामान्य घरायसी विवाद पछि कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन । टाउकोमा चोट लागेर घाइते बनेकी आमालाइ स्थानीय प्राथमिक स्वास्थ्य चौकिमा उपकरणको लागि पुर्याएको थियो । तर उपचार सम्भव नभएपछि उनलाई धनगढी स्थित सेती प्रदेसिक अस्पताल पुगाए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक बादीको सब प्रादेसिक अस्पतालमा राखिएको छ । उनका छोरालाइ नियन्त्रणमा लिइएको प्रहरिले जनाएको छ । आफ्नै सहोदर आमाको हत्या भए पछि सुकुम्बासीटोल शोकमग्न बनेको छ । चाडवाडको बेला हत्या भएपछि टोल नै त्रसित बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.