बनियानी, झापा, १५ जेठ : भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम ९गुरुकूल० विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई बालकलाई छुवाछूत गरेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ ।
गुरुकूलमा इलाम नगरपालिका–५ बरबोटेका दलित बालक विकास कार्कीडोली (दर्जी)लाई भर्ना नलिएर जातीय छुवाछूत गरेको आरोपमा चापागाईंलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।
चापागाईंमाथि जातीय छुवाछूत गरेको किटानी जाहेरी परेको थियो । प्रहरीले शनिबार राति नै गुरुकूलका शिक्षक राजन पौडेललाई पक्राउ गरे पनि असम्बन्धित भनी सोधपुछपछि छाडिदिएको थियो । गुरुकूलको शनिबार आयोजित विशेष साधारणसभाले विद्यार्थी भर्ना गर्ने निर्णय गरिसकेको छ ।