छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

| 2023 Dec 13 | 02:13 pm 1521

बैतडी, मंसिर २७ / सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चन्दले फलामको रडले टाउकोमा प्रहार गर्दा हरिना बिष्टको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी, ईलाका प्रहरी कार्यालय पाटन र अस्थायी प्रहरी पोष्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले चन्दलाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.