काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै छिमेकीको प्रविधि र सामर्थ्य आफ्नो देश विकासमा मिसाएर समृद्ध मुलुक बनाउने बताएका छन् ।
आफ्नो चीन भ्रमणबारे मंगलबार प्रतिनिधिसभामा जानकारी दिँदै प्रधानमन्त्री ओलीले चीन र भारतबीचको सम्बन्धबारे उचाल्ने र पछार्ने काम भइरहेपनि सरकार दुवै छिमेकी मुलुकलाई समान व्यवहार गर्ने बताए । उनले भने, ‘छिमेकीहरुको प्रविधि र समार्थ्य आफ्नो देशको विकासमा मिसाउन चाहेका छौं । सवैसँग मिलेर हामी हाम्रो देशलाई सम्बृद्ध नेपाल र सुखी नेपाली’ को आकांक्ष पुरा गर्न चाहान्छौ ।’
प्रधानमन्त्री केपी ओलीले चिनियाँ प्रधानमन्त्री सी जिनपिङको नेपाल भ्रमण चाँडै हुने विश्वास व्यक्त गरेका छन् । आफुसँगको भेटमा चिनियाँ प्रधानमन्त्रीले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण सकारात्मक र सफल भएको भन्दै सो अवसरमा भएका १४ बुँदे र नौ बुँदे सहमति भएको जानकारी दिए ।
- चीनमा रहँदा सी जिनपिङ, लिखछ्याङसँग बार्ता भयो ।
- लिझाङ सु तिब्बतियन सरकार प्रमुखसँग पनि भेटवार्ता र कुराकानी तथा सहयोग आदनप्रदानबारे छलफल भयो ।
- चिनियाँ नेतृत्वले नेपालको राजनीतिक उपलव्धिलाई बधाइ दिँदै नेपाल सरकार नेपालको विकासमा नयाँ उचाइमा पुर्याउने आशा व्यक्त गरेका छन् ।
- सम्बृद्ध नेपाल र सुखी नेपाली अभियान सफल हुने विश्वास, वान वेल्ट वान रोडमा सहमति भएको छ ।
- ट्रान्स हिमालयनको फ्रेमवर्कमा रेवले, हवाएमार्ग सञ्चारसग सहमति भएको छ ।
- समझदारी पत्रमा सहमति भएको छ । १४ बुँदे विज्ञप्ति जारी भएको छ ।
- –दुवैपक्षबीच हस्ताक्षर भएर आदानप्रदान भएका सम्झौताले आर्थिक दायरा बढाउन मद्दत पुग्नेछ ।
- –केरुङ, रसुवागडी रेलमार्ग सहयोग हुनुका साथै लुम्बिनीसम्म रेलमार्ग पुर्याउन आधार तयार हुनेछ । यो सवैभन्दा उच्च सहमति भएको र नयाँ आयाम थपिने दुवै देशको विश्वास छ ।
- पुर्वधार विकासमा, स्थल यातायात, उत्तरदक्षिण यातायातका लागि दुवै देश सहमत । जसमा कोसी, गण्डकी करिडोर अध्ययन अघि बढ्ने ।
- सीधा हवाई सेवा सञ्चालनका लागि दुवै पक्ष सहमत ।
- रसुवागढी ४०० केभी प्रसारण लाइनका लागि सम्झौता भएको छ । तातोपनी खासा नाका सन् २०१९ सचलन गर्न सहमति भएको छ ।
- हिल्सा पुल, रसुवामा पुल निर्माणमा सहमति, तेल ग्यास अन्वेशषण र पेट्रोलियम पदार्थ भण्डारणका लागि चीनले अध्ययन गरी सहयोग गर्ने जनाएको छ ।
- निर्यातयोग्य वस्तु प्रयोगशाला निर्मााण गर्न प्राविधिक पक्ष सहयोग गर्ने विश्वास छ ।
- महाबाणिज्यदुतावास स्थापनाका लागि चिनियाँ पक्ष सकारात्मक छ ।
- पर्यटन प्रबद्र्धन विकासका मानवश्रोत विकासका लागि ४ सय र छात्रवृतिका लागि चीन सकारात्मक छ ।
- दुई देशबीचको सम्बन्ध बढाउन दुवै देश सहमत । यस क्रममा चिनियाँ राष्ट्रपतिलाई निम्ता दिएको छु, चाडै भ्रमण हुने विश्वास छ ।
- बेइजिङमा एसियन पूर्वाधारका अध्यक्षले भेट र त्यसक्रमा उर्जा उत्पादनका लागि लगानी बढाउन आग्ह गरे । तिव्वतका सरकार प्रमुखसँग सिमा नाका, व्यापारबारे छलफल भयो ।
- उर्जा सहयोगमा प्रतिबद्धता आएको छ ।
- तिव्वती राजमार्गमा ढुवानी सञ्चालन हुनेछ ।
- लहासा र वेइजिङमा नेपालीसँग भेटबार्ता भएको छ ।
- चिनिया लगानी बढाउन आग्रह गरेको छु ।