काठमाडौं, असोज ८: कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ।
आइतबार नै प्रतिवेदन बुझाउने तयारी भए पनि गृहमन्त्री रामबहादुर थापाको कार्यव्यस्थताका कारण मंगलबारमात्रै प्रतिवेदन बुझाउने तयारी छ। समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले निर्मला पन्तको हत्या प्रकरणको छानविन प्रतिवेदन तयार भएको बताए । प्रतिवेदनमा अनुसन्धानमा देखिएको कमी कमजोरीबारे उल्लेख गरिएको बताइएको छ ।
यद्यपि प्रतिवेदनमा के उल्लेख गरिएको छ भन्नेबारेमा थप उल्लेख गरिएको छैन । यो प्रतिवेदनले निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने समिति सदस्यको दाबी छ ।
साउन १० गते साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।
प्रहरीले छानबिनमा लापरवाही गरेको भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्नुका छानबिन समिति बनेको थियो ।