छात्रालाई यौन दुर्व्यवहार गरेकाे आरोपमा गुल्मीमा दुई शिक्षक पक्राउ

रिपोर्ट नेपाल | 2022 May 21 | 01:30 pm 1705

गुल्मी,जेठ ७ःछात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीमा  दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्याल रहेका छन् ।

जिल्लाको सत्यवती गाउँपालिकामा रहेको सत्यवती माध्यमिक विद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने छात्रालाई उनीहरूले यौन दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

नाबालिका छात्रालाई शिक्षक बस्यालले २०७८ भदौदेखि र भट्टराईले माघदेखि यौनजन्य क्रियाकलापमा फकाउने र यौन दुर्व्यवहार गर्ने गरेको उजुरीमा उल्लेख छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट आरोपहरु पुष्टि हुन थालेको भन्दै मुद्दा दर्ता गर्ने तयारी गरेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.