च्याम्पियन्स लिग किङ्ग रियलको पुनरागमन जित

| 2023 Dec 13 | 02:10 pm 253

काठमाडौं, मंसिर २७ / च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ । मंगलबार भएको खेलमा रियलले घरेलु टोली युनियन बर्लिनमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।

ओलिम्पया रंगशालामा रियाललाई जित दिलाउन जोसेलुले दुई तथा ड्यानी सिबेलोसले एक गोल गरे । उता घरेलु टोलीका लागि बर्लिनका लागि केभिन भोल्यान्ड र एलेक्स केरलले गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोली युनियन बर्लिनले बनाएको थियो । रियलले खेलको ४५ औं मिनेटमा पेनाल्टी पाएको थियो । तर, लुका मोड्रिच पेनाल्टीमा चुक्दा रियालले अग्रता लिने अवरसबाट चुक्यो ।

यता घरेलु टोलीले पहिलो हाफको इन्जुरी समयमा भोल्यान्डको गोलमार्फत अग्रता बनायो । खेलको ६१ औं मिनेटमा जोसेलुले रियालका लागि बराबरी गोल फर्काए ।

खेलको ७२ औं मिनेटमा जोसेलुले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ गोलको अग्रता दिलाए ।

यता बर्लिनका लागि खेलको ८५ औं मिनेटमा केरलले गोल गर्दै बर्लिनलाई २–२ को बराबरीमा ल्याए । खेलको ८९ औं मिनेटमा सिबेलोसले गोल गर्दै रियललाई ३–२ को जित दिलाए ।

जितसँगै समूह चरणमा शतप्रतिशत जित निकालेको रियाल ६ खेलमा १८ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा रह्यो । पराजित बर्लिन ६ खेलबाट २ अकंका साथ पुछारमा रहँदै समूह चरणबाटै बाहिरियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.