चौथो शिखर सम्मेलन सम्पन्न

| 2018 Aug 31 | 12:59 pm 1723

काठमाडौं, भदौ १५: बिमस्टेकको चौथो शिखर सम्मेलन अठार बुँदे काठमाडौं घोषणापत्र जारी गरी सम्पन्न भएको छ।

शिखर सम्मेलन सम्पन्न भएपछि नेपालले अबको पाँचौं सम्मलनको लागि अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ।

जारी गरेको अठार बुँदे घोषणापत्रमा बिमस्टेकको सचिवालयको भूमिका बढाउने उल्लेख छ। सचिवालयलाई अन्य विभिन्न कार्यक्रम कार्यान्वयन गर्न सकिने खालको बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकरी गराए।

त्यसैगरी बिमस्टेकको चार्टर निर्माण तथा कानुनी संरचना तयार गर्नका लागि स्थायी समिति बनाउने पनि घोषणापत्रमा राखिएको छ।

चौंथो शिखर सम्मेलनको समापन घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब बिमस्टेकको सहभागीता यसको प्रगति र क्षमताले देखिने बताका छन्। प्रधानमन्त्रीले आफ्नो क्षमता अनुसार नेपालले सम्मेलन आयोजना गरेको कुरा व्यक्त गर्दै सदस्य देशका सरकार प्रमुख र राष्ट्रप्रमुखलाई
सफलतापूर्व सम्मेलन सम्पन्न गर्न सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.