चोलेन्द्रले नाम लिएकासँग आज छलफल

रिपोर्ट नेपाल | 2022 Sep 15 | 07:58 am 1545

काठमाडौं, भदाै ३०ः संसद्को महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएकासँग आज बिहीबार छलफल गर्ने छ ।

समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार राणाले बयानका क्रममा नाम लिएका सर्वोच्च अदालतका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताहरु, नेपाल बार एसोसिएसनका पूर्वपदाधिकारीहलाई बोलाउन लागिएको हो । समितिका अनुसार आज बिहीबार बिहान ८ः३० बजेदेखि तिनीहरुसँग छलफल शुरु हुनेछ । सबैसँग छलफल गरिसकेपछि समितिले राणासँग पूरक प्रश्न सोध्नेछ ।

महाअभियोग लागेका राणासँग संसद्को समितिले मंगलबार पाँचौंपटक बयान लिएको थियो । यसअघि भदौ १५ गते बुधबार, १६ गते बिहीबार, १९ गते आइतबार र भदौ २६ गते आइतबार गरी सांसद्हरुले राणालाई कुल ४३ वटा प्रश्न सोधेका थिए । सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा राणाले बहालवाला न्यायाधीश, पूर्वप्रधानन्याधीश, वरिष्ठ अधिवक्ता र नेपाल बारका पूर्वपदाधिकारीहरुको नाम किटेर उनीहरुको भूमिका, मुद्दाको फैसलालाई प्रभावित पार्न गरेको प्रयास, आचरणबारे बोलेका थिए । तीनपटक गरी सोधिएका ३६ वटा प्रश्नको जवाफ दिने क्रममा जबराले आफ्नो बचाउ गर्दै सो आरोप लगाएका हुन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.