तनहुँ, साउन २२ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा नकबजनी चोरी मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं ५ झारगाउँ तिलाहरका २८ वर्षीय रुपराज गुरुङ रहेका छन् ।
उनी उपर तनहुँ जिल्ला अदालतको २०७३ कात्तिक १८ गतेको फैसलाले ६ महिना कैद र ५१ हजार ७ सय ५० रुपैयां जरिवाना तोकिएकोमा तोकिएको थियो ।
उक्त कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका गुरुङको खोजतलास गर्ने क्रममा २०७७ साउन २१ गते घरमै बसी रहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाकएको छ ।
पक्राउ गरी उनलाई सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरीएकोमा बाकी कैद भुक्तानको लगि कारागार कार्यालय तनहुँ पठाएको प्रहरीले जानकारी दिएको हो ।