चोरी मुद्दाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ

| 2021 Jan 17 | 02:27 pm 2241

काठमाडाैं, माघ ४ः नवराज न्यौपाने सहित १० जनाको फरक-फरक जाहेरी परेको १० वटा चोरी मुद्दामा सम्मानित काठमाडाैं जिल्ला अदालतको मिति २०६३ पुस २३ गतेको फैसलाले जम्मा ५८ वर्ष कैद सजाय तोकिई हालसम्म फरार रहेका एक अभियुक्तलाई अपराध महाशाखाकाे टाेलीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा दोलखा साविक भिमेश्वर नगरपालिका ८ परिवर्तित  ५ घर भई हाल कामनपा ६ बाैद्ध बस्ने ४१ वर्षीय  दिपक
श्रेष्ठ रहेका छन् ।

उनलाई खोजतलास गर्नको लागि महाशाखाबाट खटिएको विशेष टोलीले मिति २०७७ माघ ०३ गते कामनपा ६ बौद्धबाट फेला पारी पक्राउ गरी फैसला कार्यन्वयनको लागि सम्मानित काठमाडाैं जिल्ला अदालतमा उपस्थित गराईएको सुचना अधिकृत, प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.