चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्घारा बरामद

| 2022 May 28 | 06:42 pm 1361

सर्लाही, जेठ १४ः जिल्लाको बलरा नगरपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १२ लाख २१ हजार रुपैयाँ बराबरको चोरिपैठारीको लत्ताकपडा बरामद गरेको छ ।  बि आर ०१ सि याच ८४७४ र बि आर ०५ ए याच ५६६७ नम्बरको दुई वटा मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय र बिओपी छतौना महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

त्यसवेला उक्त दुबै मोटरसाईकल समेत बरामद गरिएको छ ।  बरामद सामान तथा दुवै मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।

यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ८ स्थित बुद्धचोकबाट सशस्त्र प्रहरीले करीव १८ क्वीन्टल चिनी बरामद गरेको छ । भैरहवाबाट पोखरातर्फ जादै गरेको लु १० च ९३७३ नम्बरको पिकअप गाडीमा सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डाबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उक्त चिनीको भ्याटबिलमा शंका लागेपछि  बरामद गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.