चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

| 2021 Jun 10 | 06:33 pm 645

पर्सा, जेठ १७ः जिल्लाको वीरगंज महानगरपालिका १७ अलौस्थि सीमा ईलाकाबाट बिहीबार सशस्त्र प्रहरी करीव ३ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ना ४९ प ३१२७ नम्बरको मोटरसाईकलमा नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान र मोटर पार्ट्स सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ शंकरचोकस्थित सीमा ईलाकबाट बरामद गरेको हो ।

बरामद सामान जलेश्वर भन्सार कार्यालय भिट्टामोडमा बुझाईएको छ ।

चोरीपैठारीको धानसहित ट्याक्टर बरामद
सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका ५ स्थित सीमा ईलाकबाट सशस्त्र प्रहरीले करीव ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ९७ बोरा धान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले प्र २–०१–००१ त ०९०१ नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त धान सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला धान ल्याउन प्रयोग भएको उक्त ट्याक्टर समेत बरामद गरिएको हो ।

बरामद धान तथा ट्याक्टर भन्सार कार्यालय राजविराजमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.