चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद तथा आगलागी नियन्त्रण

रिपोर्ट नेपाल | 2021 Oct 09 | 08:37 am 689

सिरहा, असाेज २३ः जिल्लाको सुखीपुर नगरपालिका ४ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा  बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

यसैगरी पर्सा जिल्लाको विरगन्ज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ६० हजार रुपैयाँ बराबरको
चोरीपैठारीको मोटरपार्टस, ईलोक्ट्रोनिक तथा किराना सामान बरामद गरेको छ ।  भारतबाट अबैध रुपले मोटरसाइकलमा राखी ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्ति गस्तिमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । सो मोटरसाइकल समेत बरामद गरिएकोे छ । बरामद सामान  तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ३ लाख ३४ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले दूई वटा मोटरसाइकलमा राखी ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला सामान ल्याउदैगरेका ब्यक्तिहरु गस्तिमा रहेको
सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । उक्त दूई वटै मोटरसाइकल समेत बरामद गरिएकोे छ ।

आगलागी नियन्त्रण
झापा जिल्लाको बिर्तामोड नगरपालिका २ स्थित एक प्लाई फ्याक्ट्रिमा भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानिय वासिन्दाले ३ वटा दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो फ्याक्ट्रिको मेसिन हिट भई आगलागी भएर करीव ६० लाख रुपैयाँ बराबरको
धनमाल जलेर नष्ट भएको बताईएको छ । सशस्त्र प्रहरी बल नेपाल भन्सार सुरक्षा वेश शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.