चोरीको मोटरसाइकल सहित २ पक्राउ

रिपोर्ट नेपाल | 2021 Dec 07 | 08:57 pm 1721

पर्सा, मंसिर २१ः वीरगञ्जस्थित जगदम्बा मेटल क्राफ्ट ईन्डस्ट्रिजको ना.१६ प ६८२५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा वीरगंज महानगरपालिका-१८ ठेगाना भएका १८ वर्षीय किशोरलाई सोही महानगरपालिका-१५ लक्ष्मणवा चोकबाट प्रहरीले पक्राउ गरेको छ । सोही महानगरपालिका-१८ अन्नपुर्ण वायर एण्ड स्टिल ईण्डस्ट्रिजको गेट अगाडि पार्किङ गरी राखेको अवस्थामा मंसिर १४ गते चोरी भएको उक्त मोटरसाइकल खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त चोरी मोटरसाइकल नम्बर प्लेट हटाई चलाइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । उनीउपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सप्तरी, तिरहुत गाउँपालिका-४ बस्ने ४४ वर्षीय सोभित लाल खंगको स.३ प ४२९० नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा राजबिराज नगरपालिका-६ बस्ने २० वर्षीय बिशो यादव भन्ने विश्व कुमार यादवलाई प्रहरीले पक्राउ गरेको   छ ।  तिलाठी कोईलाडी गाउँपालिका-१ स्थित कुनौली भंसार कार्यालय गएको अवस्थामा सोही कार्यालयको अगाडि सडक छेउमा राखेको अवस्थामा मंसिर १३ गते दिउँसो चोरी भएको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा यादवले चलाई ल्याउँदै गरेको अवस्थामा राजविराज नगरपालिका-५ स्थित उक्त मोटरसाइकल फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर चोरी मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ  ।

कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जना पक्राउ

रौतहट, चन्द्रपुर नगरपालिका-१ मंगलपुर बस्ने २८ वर्षीय गोपाल थिङको कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उनकै दाइ ३५ वर्षीय रविन्द्र थिङ, माईजु नाता पर्ने ४२ वर्षीया दुधिमाया पाख्रिन र काठमाडौं घर भएका मामा नाता पर्ने ३९ वर्षीय आषिश पाख्रिन रहेका छन् ।

मंगलपुरमा कुटपिटबाट मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.