डडेल्धुरा, फागुन २३: चोरी गरी ल्याएको मोटरसाइकसहित डडेल्धुरामा प्रहरीले दुई जनालाई पक्राउ गरेका छ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाटाका २० वर्षीय वीरेन्द्र भट्टराई र १९ वर्षीय मोहन विष्ट रहेका छन् ।
यही फागुन २० मा कृष्णपुर–५ का विफलाल चौधरीको घरबाट हराएको मोटरसाइक डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँबाट प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो।
उनीहरुको साथबाट से ५ प ७०७९ नम्बरको टिभिएस कम्पनीको १६० सिसीको रातो अपाची मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
उक्त मोटरसाइकल इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइएको डडेल्धुरा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।