चोभारकाे सुक्खा बन्दरगाह आगामी ३ महीनाभित्र सञ्चालनमा ल्याउने तयारी

रिपोर्ट नेपाल | 2021 Feb 08 | 08:24 am 2005

काठमाडौं, माघ २६ः काठमाडौंस्थित चोभारमा निर्माण थालनी गरिएको सुक्खा बन्दरगाह आगामी ३ महीनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको जिम्मेवारी पाएकोमा बन्दरगाहको अन्तिम चरणको काम शुरू भएको जानकारी समितिले दिएको छ ।

२०७५ माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्यास गरेका थिए । डेढ वर्षभित्र काम सम्पन्न गर्ने दाबी गरिए पनि काम सम्पन्न नहुँदा गत वर्ष निर्माणका लागि १ वर्ष समयावधि थपिएको थियो ।

वैशाख १३ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि रहेकोमा थपिएको समयावधिभित्रै निर्माण सम्पन्न हुने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘तोकिएको समयमै हस्तान्तरण गर्नेगरी काम भइरहेको छ,’ उनले भने ।

हालसम्म सुक्खा बन्दरगाह निर्माणको ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । शुरूमा स्थानीयको विरोध, पछि कोरोनाका कारण बीचमा लामो समय काम बन्द भएकाले काम केही ढिलो भए पनि अब फिनिसिङको मात्र काम बाँकी रहेकाले समयमै काम सकिने समितिका निर्देशक युवक डंगोलले बताए । आर्थिक अभियान दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.