चोकमा दूध पोख्ने व्यापारी प्रहरी कारबाहीमा

रिपोर्ट नेपाल | 2020 Sep 06 | 04:10 pm 1579

भक्तपुर, भदाै २१ः गत १३ भदौमा सूर्यविनायक चोकमा दूध पोख्ने व्यापारीलाई प्रहरीले कारबाही गरेको छ ।

कारबाही हुनेमा सूर्यविनायक नगरपालिका वडा नं. ८ बलाँको टोल सूर्यविनायकमा रहेको रानीकोट डेरीका सञ्चालक मनोज श्रेष्ठ रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत जगातीले एक रात थुनेर छोडेको छ ।

डेरी सञ्चालक श्रेष्ठले अरुको कुरा सुनेर सामाजिक सञ्जालमा भाइरल हुन खानेकुरा फालेर गल्ती गरेको स्वीकार गरेका छन् । साथै, अबदेखि त्यस्तो गल्ती नगर्ने सर्तमा माफी मागेर छुटेका महानगरीय प्रहरी वृत जगातीले जनाएको छ ।

डेरी सञ्चालक श्रेष्ठले निषेधाज्ञा जारी रहेको अवस्थामा दूध बिक्री कम भएपछि अरुको कुरा सुनेर सामाजिक सञ्जालमा भाइरल हुनका लागि मुख्य सडकमा दुध पोखेका थिए ।

करिव ३ सय लिटर दूध सडकमा पोखेर सामाजिक सञ्जालमा भाइरल हुन गरेका हर्कतको चौतर्फी आलोचना खेप्नु परेको डेरी सञ्चालक श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.