चुरे उत्खन्न तथा संसद विघटनको विरुद्ध लहानमा बिरोधमा प्रदर्शन

| 2021 Jun 09 | 04:05 pm 149

  • महेश सिंह महतो

सिरहा, जेठ २६ः लहानमा माओवादी केन्द्र निकट युवा संगठन नेपालद्वारा प्रदर्शन गरेका छन् । बिगत केही महिना अगाडि देखि नेपाल सरकारले ल्याएको चुरे उत्खनन तथा संसद विघटनको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

No description available.

वाईसीएल नेपालका जिल्ला संयोजक कमरेड आशा नन्द यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो। संयोजक यादवका अनुसार चुरे बेच्न पाइदैन, मधेशको उर्वर भूमि खन्न गर्न पाईदैन, मधेसको भूमि हाम्रो लागि प्राण भन्दा प्यारो छ, ,संसद पुनःस्थापना गर, मुलनराको साथ प्रदर्शन गरेका हुन् ।

जिल्ला इन्चार्ज क. विरेन्द्र साह पार्टीका नेता क. सुरेन्द्र साह, युवा बौद्धिक नेता बिजय गुप्ता गरी वाइसीएल नेपाल प्रदेशका कमरेड विवेक परियार सहित मनोज सहनी नितिश नन्दन यादव, उमेश यादव, ओपन राउत देवेन यादव लगायतका युवा नेता कमरेडहरुको उपस्थिति रहेको रहेको थियो ।

समाजिक दुरी कायम गरी शान्तिपूर्ण तरिकाले सरकारको विरुद्धमा विरोध प्रदर्शन गरिएको युवा नेता बिजय गुप्ताले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.