चुनाव नजिकै गर्दा समाजसेवी चौधरीलाई मेयर बनाउनु पर्ने चर्चा

रिपोर्ट नेपाल | 2021 Aug 31 | 12:48 pm 2757

  • महेश सिंह

लहान, भदौ १५ः करोडौं बराबरको राहत बाँडेर चर्चामा आएका समाजसेवी महेश चौधरीलाई लहान नगरपालिकाको मेयर बनाउनु पर्ने चर्चा सुरु भएको छ । गाउँघर देखि शहर बजारसम्म चौधरीलाई मेयर बनाउनु पर्ने चर्चा सुरु भएको स्थानीयबासीहरु बताउँछन् । सिरहाको लहान नगरपालिका क्षेत्रका बिभिन्न चिया पसल, चोक, चौराहा लगायत सार्बजनिक स्थलहरुमा चौधरीलाई मेयर बनाउनुपर्ने चर्चा सुरु भएको हो ।

आफ्नो ब्यक्तिगत लगानी र मनकारीहरुको सहयोगमा उनले करोडौं बराबरको राहत बाँडेको जनाईएको छ । चौधरीको श्रीमती संगिता कर्माचार्य समाजसेवा गर्दा गर्दै ज्यान गुमाएकी थिइन् । भौतिक रुपमा चौधरीको श्रीमती संगिता कर्माचार्य संसारमा नरहेपनी उनले समाजप्रती गरेको योगदान र समाजसेवाप्रतिको मोहलाई सदैब जिवित राख्न संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्धारा हालसम्म पनी राहत बितरण कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको छ।

मैले कोरोना महामारीको बेला समाजसेवा गर्दागर्दै अत्यन्त नजिकको दुई जनालाई गुमाएको छु, एउटा दिपेन्द्र सिंह भाई र अर्को श्रीमती संगिता कर्माचार्यलाई गुमाएको छु चौधरीले सुनाए ।

जिल्लाको बिभिन्न स्थानका बिपन्न बस्तीहरु लगायत लहान नगरपालिको २४ वटै वडाको अधिकांस ठाउँमा उनले कोरोना महामारीको बेला राहत बाँडेका थिए । चामल, दाल, नुन , तेल, नगद लगायतका खाध्यान्न सामग्रीहरू, जाडोयाममा न्यानो कपडा, भाडाकुडा लगायत बिभिन्न सहयोग सामग्रीहरु बिपन्न बस्तिको घर– घरमा पुगेर राहत स्वरुप निःशुल्क सहयोग गरेका थिए ।

भगवानले मलाई धन सम्पतीको कमी राखेको छैन्, मरेर गए के लानु छ, एक न एक दिन जती सम्पती वालालाई पनी मर्नु नै छ, समाजलाई केही दिएर जाँदा त्यो भन्दा ठुलो पुन्य केही हैन भन्दै चौधरीले भने ।

स्थानीय रामरत्ती चौधरीले भनिन्, समुदायलाई खाँचो परेको बेला जितेका जनप्रतिनिधिहरु एक पल्ट पनी आएन् समुदायको दुःखमा साथ दिन आएन् तर महेश वाबुलाई जतिखेर भन्छु त्यतिखेर सहयोग गर्छ र आउँछ ।

यदी समुदायले मलाई मेयर बनाउनु पर्ने सोच राखेको छ भने म मेयरमा उम्मेदवारी दिन तयार छु, संचारकर्मीलाई उनले सुनाए । लहान नगरपालिका वडा नम्बर– २२ का एक जना बिपन्न दुलारी देबी सदायले भने मैले धन सम्पती वालाहरु धेरै जनालाई हेरे, यस्तो महामारीको बेलामा कोही आएनन्, ज्यानको डरले उनीहरु लुकेर बसेको थियो ।

महेश हाम्रो लागी भगवान हो । उनी धनको साथै मनको धनी मान्छे हो धन सम्पती देखि उनलाई केही स्वार्थ छैन लहान नगरपालिकामा उनी जस्तै मेयरको खाँचो छ बिपन्न परिवारहरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.