राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सदाबहार तथा चतुर सत्ता–खेलाडीका रूपमा चिनिन्छन् । पञ्चायती व्यवस्थाको अन्त्यपछि बदलिएको व्यवस्था र प्रतिष्पर्धात्मक राजनीतिमा पनि आफूलाई पटक–पटक सरकारको महत्वपूर्ण सदस्यका रूपमा उभ्याएर उनले आफ्नो राजनीतिक सामर्थ्यको परिचय दिइसकेका छन् । विशेषतः हिन्दूराष्ट्रको एजेण्डा उठाएर आफू आफ्नो पार्टीलाई चर्चित तुल्याएका थापा पछिल्लो निर्वाचनमा मकवानपुरबाट सङ्घीय संसदका लागि उम्मेदवारी दिए पनि पराजित भएकाले यतिखेर सत्ता–सयलबाट बाहिरिएका छन् । कुटनीतिक क्षेत्रमा पनि दखल भएका नेता थापासँग रिपोर्ट नेपालले गरेको कुराकानी :
० दुई तिहाई भन्दा बढी संसद् सदस्यको समर्थन रहेको नेकपाको नेतृत्वमा गठित वर्तमान सरकारको काम–कारवाही कस्तो पाउनुभएको छ ?
– धेरै लामो समयदेखि कमजोर र अस्थिर सरकार रहेकाले मुलुक पनि अत्यन्त अस्थिर तथा विकासको सवालमा पछि पर्दै आएको थियो । दुई तिहाइको सरकार बनेको देख्दा स्थायित्व मिल्ने भयो भनी खुशी पनि लागेकै थियो । जति खुशी हुनुपर्ने हो, त्यो अहिले आएर नभएको अनुभूति हुँदैछ । सरकारको काम गर्ने तरिका र मन्त्री–प्रधानमन्त्री तथा सिंगै सरकारको रवैया हेर्दा यो सरकार ज्यादा हौसिएर घमण्ड देखाउँदै अधिनायकवादतर्फ उन्मुख भएको महसुस भएको छ ।
० प्रधानमन्त्री केपी ओली हालै चीन भ्रमणबाट फर्कनुभएको छ, यो भ्रमणबाट मुलुकलाई कति लाभ मिल्ने देख्नुहुन्छ ?
– प्रधानमन्त्रीको चीन भ्रमणको तामझामलाई हेर्ने हो भने त अनेक शंका–उपशंका उठ्लान् । आलोचना गर्नेहरूले जमेरै आलोचना पनि गरिरहेका छन् । तर मचाहिँ के भन्छु भने भारत र चीन भ्रमणका बारेमा ज्यादै नकरात्मक किसिमले हेर्नुपर्छ भन्ने छैन । सरकारको काम गर्ने तरिकालाई हेर्दा केही आशा र केही आशंका गर्ने स्थिति पनि छ । दीर्घकालिक सम्बन्धका हिसाबले चीन भ्रमणले महत्व राख्ने देख्छु । जहाँसम्म तत्काल प्रत्यक्ष फाइदा पुग्ने या नपुग्ने सवाल छ, यसमा सरकारले धेरै उत्साहित हुनुपर्ने म देख्दिनँ ।
प्रधानमन्त्री ओलीजीले राजनीतिक मञ्चमा भारतप्रति जुन किसिमको टीका–टिप्पणी गर्नुहुन्थ्यो त्यसलाई हेर्दा नेपाल भारत सम्बन्धमा तिक्तता आउने होकि भन्ने आशंका थियो, तर त्यस्तो भएन । यसो भन्दैमा दुई देशको सम्बन्ध अझ सुमधुर भएर नयाँ उचाइमा पुग्यो भन्ने मलाई लाग्दैन । सम्बन्ध सुधारको संकेत देखिएको त छ, तर कस्तो हुनेहो हेर्न बाँकी छ ।
० प्रधानमन्त्री केपी ओलीको यसअघि बनेको सरकारमा तपाईं पनि उपप्रधान एवम् परराष्ट्रमन्त्री हुनुहुन्थ्यो, त्यसबेला र अहिलेको भ्रमणमा के–कस्तो भिन्नता होला ?
– प्रधानमन्त्री ओलीजीले राजनीतिक मञ्चमा भारतप्रति जुन किसिमको टीका–टिप्पणी गर्नुहुन्थ्यो त्यसलाई हेर्दा नेपाल भारत सम्बन्धमा तिक्तता आउने होकि भन्ने आशंका थियो, तर त्यस्तो भएन । राम्रो भयो । यसो भन्दैमा दुई देशको सम्बन्ध अझ सुमधुर भएर नयाँ उचाइमा पुग्यो भन्ने मलाई लाग्दैन । सम्बन्ध सुधारको संकेत देखिएको त छ, तर कस्तो हुनेहो हेर्न बाँकी छ । चीन भ्रमणको क्रममा भएका समझदारी र सम्झौताचाहिँ नराम्रो देखिँदैन, देशका निम्ति ती दूरगामी महत्वका छन् । म परराष्ट्रमन्त्री भएको समयमा चीनसँगको दीर्घकालीन सम्बन्धको खाका तयार पारिएको थियो । जसमा व्यापार, पारवाहनलगायत तेल, बिजुली, पर्यटन विकासका बारेमा कुरा भएका थिए । प्रम ओलीले पनि त्यसैलाई निरन्तरता दिनुभएको छ ।
० प्रधानमन्त्री ओलीले चीन भ्रमणमा गर्नैपर्ने तर छुटाएका कुनै विषय छ कि ?
– परवाहन सन्धि हुन्छ कि भन्ने मलाई लागेको थियो, त्यो किन हुन सकेन मैले बुझ्न सकेको छैन । विगतमा गरिएका सहमति र सम्झौतालाई कार्यान्वन गर्नेतर्फ बढी अग्रसर भएको देखियो, जुन कुरा सकारात्मक छ ।
० मुलुकको प्रधानमन्त्री चिनियाँ कम्युनिष्ट पार्टीको प्रशिक्षण विभागमा गएको कुरालाई चाहिँ तपाईंले कसरी लिनुभएको छ ?
– केपी ओलीको यो भ्रमण नेकपाको तर्फबाट भएको होइन । नेकपाको अध्यक्षका रूपमा नभएर देशको सरकार प्रमुखका रुपमा उहाँको यो भ्रमण भएको हो । प्रधानमन्त्रीको हैसियतले भ्रमणमा गएका केपी ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रशिक्षण विभागमा गएर दुई देशका पार्टीलाई सुदृढ तुल्याइने भनी गरेको कुराकानी कुटनीतिक दृष्टिबाट अमर्यादित भएको भन्ने लाग्छ ।
हामीले आफ्ना एजेण्डा कहिल्यै छाडेका छैनौँ । एउटा माघले जाडो जन्छ भन्ने हाम्रो मान्यता होइन । हामी अहिले निर्वाचनको परिणामअनुसार कमजोर भएका छौँ । तर यसबाट विचलित हुन आवश्यक छैन । आगामी दिनमा हाम्रा एजेण्डा जनताको बीचमा सशक्त ढंगले अगाडि बढाउँछौँ ।
० तपाईंहरूले विगतमा उठाएको एजेण्डालाई बिर्सिएका कारण जनताले चुनावमा सजाय दिए भन्न मिल्छ कि मिल्दैन होला ?
– हामीले आफ्ना एजेण्डा कहिल्यै छाडेका छैनौँ । एउटा माघले जाडो जन्छ भन्ने हाम्रो मान्यता होइन । हामी अहिले निर्वाचनको परिणामअनुसार कमजोर भएका छौँ । तर यसबाट विचलित हुन आवश्यक छैन । आगामी दिनमा हाम्रा एजेण्डा जनताको बीचमा सशक्त ढंगले अगाडि बढाउँछौँ ।
० पूर्वराजा ज्ञानेन्द्र शाहको दमक भ्रमणमा दुई राप्रपा एकीकरणको कुरा उठेको थियो भन्ने सुनिन्छ , सत्य के हो ?
– पूर्वराजा ज्ञानेन्द्र शाहको दमक भ्रमणका बेला केही साथीले यस विषयमा कुरा उठाएको यथार्थ हो । पार्टीहरूका बीचमा विभाजन हुनु राम्रो होइन भन्ने सोच र एकता हुनुपर्छ भन्ने चाहना राखेको कुरालाई मैले सकारात्मक रूपमा ग्रहण गरेको छु ।
० पार्टी एकताको हलो कहाँ गएर अड्किएको छ त ?
– सबैभन्दा दुर्भाग्य त पार्टी विभाजन नै हो । अव विगतका सबै कमी–कमजोरीलाई आत्मालोचना गर्दै आत्मसमीक्षा सहित एकाता गर्नुको कुनै विकल्प म देख्दिनँ ।
० तपाईंहरूले उठाउँदै आएको संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र ओझेलमा पर्यो होइन त अब ?
– ओझेलमा तत्कालका लागि परे पनि हामीले यो मुद्दालाई विर्सिएका या छोडेका छैनौँ । पार्टी विभाजन भएका कारणले निर्वाचनको परिणाम हाम्रो अनुकुल आएन, त्यसैले संसदमा हाम्रा उपस्थिति कमजोर भएको हो । त्यही कारणले संसदमा हाम्रा आवाज उठ्न सकेका छैनन् । यथार्थ यति मात्र हो ।