चीनले १० करोड रुपियाँको सामाग्री सहयोग गर्ने

रिपोर्ट नेपाल | 2023 Nov 05 | 07:37 am 865

काठमाडौँ, कात्तिक १९ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्याङ्केटसहित करिब १० करोड नेपाली रुपियाँ सामग्रीहरू प्रदान गर्ने जनाएको हो ।

शनिवार सामाजिक सञ्जाल एक्स मार्फत उहाँले आपतकालिन प्रतिक्रियाको रूपमा चीनले पहिलो चरणको सहयोग कार्यक्रमको घोषणा गरेको समेत उहाँले बताउनु भएको छ । चीनको  साउथ एसियन कन्ट्रीज इमरजेन्सी सप्लाइज रिजर्भले प्रदान गर्ने उक्त सहयोग भोलीसम्ममा आइपुग्ने छ । चीन सहयोग गर्ने थप सहायताहरू आउने क्रममा रहेको जनाएको छ ।

( गोरखापत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.