‘चीनले हाम्रो सार्वभौमसत्ताको खुलेआम सम्मान गरेको छ’- प्रधानमन्त्री

रिपोर्ट नेपाल | 2018 Jun 18 | 05:07 pm 2600

काठमाडौं । चीनले नेपालको सार्वभौमसत्ताको खुलेआम सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले भने, ‘चीन, जसले हाम्रो सार्वभौमसत्ताको खुलेआम सम्मान गरेको छ । आफू धेरै विकसित नभएको अवस्थामा पनि नेपाललाई राम्रो सहयोग गरेको थियो । म त्यो देशको भ्रमणमा जाँदैछु ।’

अघिल्लो पटक प्रधानमन्त्री हुँदा आफूले चीनसँग दूरगामी महत्वका समझदारीहरु गरेको स्मरण गर्दै उनले ती सम्झौताहरु र संयक्त वक्तव्यमा उल्लेख गरेका कुरामा थप छलफल गर्ने बताए । उनले भने, हाम्रो राष्ट्रिय प्राथमितामा रहेको विकासको एजेण्डामा के कस्तो सहयोग गर्न सक्नुहुन्छ र के कस्तो सहकार्य गर्न सक्छौं । महामहिम शीसँग मेरो भेटवार्ता हुनेछ । त्यसबेला मैले नेपालका हित र दृष्टिकोण राख्नेछु । नेपाल र चीन सम्वन्ध कसरी सुदृढ गर्न सकिन्छ भनेर राख्नेछु ।’

चिनियाँ नेताहरुसँगको भेटमा ब्यापार घाटा काम गर्ने तथा ओबर अन्तरगत पूर्वाधार विकास, रेल(सडक निर्माण र जलविद्युत आयोजना कार्यान्वयनमा चिनियाँ सहयोग कसरी जुटाउने छलफल गर्ने प्रधानमन्त्रीले बताए ।

भ्रमणमा रेल्वे, उर्जा सहयोग, पुनर्निर्माणमा द्विपक्षीय सम्झौता तथा समझदारी हुने उनले बताए । ‘मुलुकको बृहत्तर हित, राष्ट्रिय स्वभिमानलाई केन्द्रमा राखेर नेपालको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर द्विपक्षीयबीच सम्झौता र छलफल गरिनेछन्’ प्रधानमन्त्री ओलीले संसदमा भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.