चीनमा मूकम्पको धक्का

रिपोर्ट नेपाल | 2020 Feb 03 | 02:52 pm 1929

(एजेन्सी) माघ २०: चीनमा भूकम्पको धक्का महशुस गरिएको छ । चीनको दक्षिणपश्चिम क्षेत्रमा रहेको सिचुआन प्रान्तको छेङ्दुमा भूकम्पको धक्का महशुस गरिएको स्थानीय संचार माध्यममा जनाइएको हो ।

चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार छेङ्दुलाई केन्द्रविन्दु बनाए ५.१ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ।

जमीनको २१ किलोमिटर मुनिबाट भूकम्प सुरु भएको बताइएको छ । भूकम्पको झड्का लगभग १० सेकेन्डसम्म अनुभव गरिएको समाचारहरुमा जनाइएको छ । भूकम्पको झट्का महशुस गरिएसँगै मानिसहरु सडकमा निस्किएका भिडियो फुटेजहरु सार्वजनिक गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा १ सय ५० जना उद्धारकर्ता र ३४ वाहन पठाइएको छ । अहिलेसम्म कुनै आधिकारीक जानकारी नआएको चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.