चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

| 2025 Jan 06 | 01:09 pm 277

काठमाडौँ, २२पुष / छिमेकी मुलुक चीनमा कोरोनाजस्तै लक्षणको नयाँ संक्रमण फैलिएका विषयमा त्यहाँको सरकारले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन । गएको डिसेम्बर अन्तिमदेखि चीनमा कोरोनाजस्तै श्वासप्रश्वासजन्य संक्रमण ह्युमन मेटान्युमोनोभाइरस (एचएमपीभी) फैलिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चामाध्यमले समाचार सम्प्रेषण गरिरहेका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पनि नयाँ भाइरसको जोखिम रहेको भन्दै तीन दिनअघि सतर्कताका निम्ति ‘अलर्ट’ गराएको छ । मन्त्रालयले नेसनल सेन्टर फर डिजिज् कन्ट्रोललाई संक्रमण भित्रिन सक्ने भन्दै निगरानी गर्न आदेश दिएको थियो । आईसीएमआरले कर्नाटकमा नियमित परीक्षणको क्रममा एचएमपीभीका दुई घटनाहरू पत्ता लगाएको हो ।

बच्चाको अवस्था स्थिर रहेको र उनलाई निगरानीमा राखिएको समाचारमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.