चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय ५९ पुग्यो

रिपोर्ट नेपाल | 2020 Feb 01 | 02:44 pm 1769

काठमाडौं, माघ १८: तीब्र गतिमा फैलिएको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या २ सय ५९ पुगेको छ । साथै संक्रमितहरुको संख्या करीब १२ हजार पुगिसकेको बताइएको छ । चीनको तथ्याङ्कअनुसार चीनमा ११ हजार ७ सय ९१ मा कोरोनाको संक्रमण देखिएको हो ।

चीनमा बाहेक भाइरस अन्य २४ मुलुकमा फैलिएका छन् । भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनको हुबेइ प्रान्तबाट विभिन्न मुलुकले आफ्ना नागरिकको उद्धार गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय चिन्तालाई मध्यनजर गर्दै सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेका छ । अहिले कोरोना भाइरसको संक्रमण देखिएका देशहरुमा उच्च सुरक्षा अपनाउन थालिएको छ । आवागमनमा समेत कडाइ गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.