चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ सय १३ पुग्यो, डब्ल्यूएचओद्वारा ‘स्वास्थ्य आपतकाल’को घोषणा

रिपोर्ट नेपाल | 2020 Jan 31 | 11:17 am 1845

काठमाडौंं, माघ १७: चनीमा तीब्र गतिमा फैलिएको कोरोना भइरसका कारण शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या २ सय १३ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

हुबेई प्रान्तका अधिकारीका अनुसार बिहीबार मात्रै थप ४२ जनाको मृत्यु भएको हो। त्यस्तै झन्डै १० हजार व्यक्तिमा यसको संक्रमण देखिएको छ।

शुक्रबार बिहानसम्म ९ हजार ६ सय ९२ जनामा यसको संक्रमण भेटिएको चीनले जानकारी दिएको छ। बिहीबार मात्रै थप १ हजार ९ सय ८२ जना संक्रमित भेटिएका हुन्।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले विश्वव्यापी ‘स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ ।

चीनबाट शुरु भएको कोरोनाको सङ्क्रमण विश्वका १८ देशमा फैलिसकेको छ । कोरोना तीब्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

नोवल कोरोना भाइरसको संक्रमण चीनका सबै क्षेत्रमा फैलिएको छ । बिहीबार तिब्बतका एक व्यक्तिमा भाइरसको संक्रमण देखिएसँगै यो चीनका सबै क्षेत्रमा पुगेको हो ।

चिनियाँ सञ्चारमाध्यमका अुनसार वुहानबाट तिब्बत पुगेका ३४ वर्षीय एक पुरुषमा बिहीबार भाइरसको संक्रमण भेटिएको हो ।

जनवरी २५ मा रेलबाट त्यहाँ पुगेका उनलाई त्यसै दिन अस्पताल भर्ना गरिएको अधिकारीले बताएका छन् । संक्रमितको स्वास्थ्य स्थिर रहेको र सूक्ष्म निगरानीमा राखिएको राज्य सञ्चालित ‘चाइना डेली’ ले उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.