चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 24 | 02:29 pm 3569

भोजपुर, कात्तिक ७ :  दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा षडानन्द नगरपालिका ५ आपटारे बस्ने २७ वर्षीय पञ्चबहादुर मगर भन्ने मानबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

पुरानो रिसइबीको कारण सोही स्थान बस्ने २६ वर्षीय सुरेश राईलाई चिर्पटले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका राईलाई उपचारको लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको बुझिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.