दाेलखा, जेठ ३ः गत बैशाख २९ गते बाबुले चिर्पटले हानेर गम्भीर घाइते बनाएका आफ्नै छाेराकाे मृत्यु भएकाे छ । शैलुङ गाउँपालिका वडा नम्बर २ झम्सीका ५२ वर्षिय विष्णुलाल तमाङले चिर्पटले हान्दा छोरा २७ वर्षीय सुवास तामाङको मृत्यु भएकाे हाे ।
सामान्य घरायसी विवादका कारण बाबुले चिर्पट प्रहार गर्दा घाइते भएका छाेरा तामाङलाई उपचारका लागि काठमाडौं त्रिवि शिक्षण हस्पिटल लगिएको थियो ।
उनको उपचारकै क्रममा जेठ १ गते मृत्यु भएको हाे । दाह-संस्कारका लागि गाउँ ल्याएपछि मात्र प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । मृतकका बाबुलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको बताइएकाे छ ।