चिया पसलमा आगलागी हुँदा दुई लाख बराबरको क्षती

रिपोर्ट नेपाल | 2020 Oct 21 | 07:22 pm 1859

सर्लाही, कात्तिक ५ः बुधबार सर्लाहीको हरिपुर नगरपालिका २ हरिपुर बजारको एक चिया पसलमा आगलागी भएको छ । आगलागी स्थानीय झबरी लाल दासको चिया पसलमा भएको हो ।

अचानक ग्यास लिक भई आगलागी हुँदा पसलमा रहेको चिनी, मैदा, मिठाई लागायत टालीको छानो भएको एक कोठे घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको हो ।

उक्त आगलागीबाट २ लाख बराबरको क्षेती भएको तथा आगलागीमा कुनै पनि मानवीय तथा वस्तुचौपायाको क्षेती नभएको, आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रण लिएको सर्लाही प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.