चिनियाँ मेजर जनरल र सेनापति बीच शिष्टाचार भेट

रिपोर्ट नेपाल | 2023 Aug 16 | 04:43 pm 1369

काठमाडौ, साउन ३१ । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाको तिब्बत शैनिक कमाण्डरका मेजर जनरल युई एनदे बीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

 प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

मेजर जनरलको नेतृत्वमा ८ सदस्यीय सिमा रक्षा प्रतिनिध टोली आजै नेपाल भ्रमणको लागि आएको हो । उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सागर बहादुर थापाले स्वागत गरेका थिए । पाँच दिवसीय भ्रमणको दौरानमा उक्त टोलीले सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालय लगायतका सैनिक ईकाईहरूका साथै काठमाडौं र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको भ्रमण गर्ने पनि नेपाली सेनाले जनाएको छ ।

 भ्रमणले दुई देशबीच रहि आएको सम्बन्ध थप सुमधुर र प्रगाढ बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्‍वास लिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.