काठमाडौं, भदाै २७: चारदिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चानसु नेतृत्वको टोली काठमाडौं आइपुगेका छन्। ली चानसु नेतृत्वको टोली सिधै सोल्टी होटल जानेछन्। चिनियाँ दूतावासले उनीहरुका लागि चार दिनको लागि होटल बुक गरेका छन्।
केहीबेरको आरामपछि ली चानसु नेतृत्वको टोली बानेश्वरस्थित संसद भवन आउने कार्यक्रम छ। सभामुख अग्नि प्रसाद सापकोटाले उनीहरुलाई स्वागत गर्ने कार्यक्रम छ। उनीहरुबीच हुने छलफलमा द्विपक्षीय सम्झौता हुने बताइएको छ।
ली चानसुले भोलि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन्।
ली चानसुले पर्सी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि उनी ४ बजे महारागन्जस्थित शीतल निवास पुग्नेछन्। चार दिने भ्रमणका लागि काठमाडौं आएका ली चानसु नेतृत्वको टोली बिहीबार चीन फर्किने कार्यक्रम रहेको छ।