चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकाे टोली काठमाडौंमा

रिपोर्ट नेपाल | 2020 Dec 27 | 03:34 pm 6045

काठमाडाैं, पुस १२ः आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आइपुगेका छन् ।

एयर चाइनाको जाहज चार्टर्ड गरेर उक्त टोली चीनको सिचुवा प्रान्तको राजधानी छेन्दुबाट काठमाडौं आएको बताइएको छ । काठमाडौं अवतरणपछि उक्त टोली काठमाडौंस्थित चिनिया दूतावास गएको बुझिएकाे छ ।

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा उत्पन्न भएको परिस्थितिबारे बुझ्न सो टोली काठमाडौं आएको बुझिएको छ ।

उक्त टोली नेपालमा ४ दिन रहने र नेपाल बसाईको क्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.