चितुवाको छाला सहित झाक्री प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2018 Sep 04 | 01:54 pm 2270

काठमाडौं, भदौ १९: अवैध रुपमा छलि गरी ल्याएको अवस्थामा काठमाडौं महानगरपालिका २६ मित्रनगरको यवाङ गेष्ट हाउसमा बस्ने रोल्पा यवाङ गाउँपालिका १ घर भएका २२ वर्षीय अनमोल झाक्री मगरलाई चितुवाको १ थान छाला सहित प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्क विष्णुमति पुल नजिकबाट मगरलाई उक्त चितुवाको छाला सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.