चितुवाको छालासहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Feb 25 | 08:53 pm 1327

ललितपुर, फागुन १३: प्रतिबन्धित चितुवको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गा खिचिदेम्बा गाउँपालिका ५ घर भई हाल काठमाडौं महानगरपालिका ६ आरुबारी डेरा गरी २६ वर्षीय बिपेन्द्र तामाङ र झापा
बारदेश गाउँपालिका १ घर भई हाल कामनपा ६ महांकाल डेरा गरी बस्ने २२ वर्षीय रोशन कार्की रहेका छन् ।

उनीहरुलाई मंगलबार ललितपुर महानगरपालिका ५ लगनखेल बसपार्कबाट शंकासपद लागि चेकजाच गर्दा संरक्षित बन्यजन्तु चितुवाको छाला थान ३ ललितपुर प्रहरी टोलीले फेलापारी पक्राउ गरिएको जानकारी दिएको छ ।

उक्त चितुवाको छालासहित पक्राउ परेका दुबै जानलाई महानगरीय प्रहरी परिसर ललितपुरमा राखी थप अनुसन्धान भई रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.