चितुवाको आखेटोपहारसहित चार पक्राउ

| 2021 Mar 09 | 07:43 pm 2345

काठमाडौं, फागुन २५ः संरक्षित वन्यजन्तु चितुवाको १ थान छाला, २ थान हड्डी र ११ थान दाँत सहित काठमाडाैं महानगरपालिका-१४ बल्खुबाट  ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बझाङ जयपृथ्वी नगरपालिका-४ बस्ने २४ वर्षीय कृष्णराज उपाध्याय, कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ३२ वर्षीय लोकेन्द्र बहादुर मल्ल, गोरखा गोरखा नगरपालिका-२ बस्ने २० वर्षीय सन्देश बानियाँ र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-५ बस्ने १९ वर्षीय सुजन बस्नेत रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा किनबेच गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.