चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी

रिपोर्ट नेपाल | 2022 Nov 24 | 12:32 pm 121

चितवन, मङ्सिर ८ः चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले निर्वाचित भएका छन् ।

उनले ४९ हजार २६१ मत प्राप्त गरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी भन्दा ३४ हजार १६२ मतान्तरले चुनाव जितेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलको १४ हजार ६४९ मत रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.