चितवन, बैशाख १२: चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शानदार मतका विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५४१७६ मत ल्याएर लामिछानेले विजयी भएका हुन्।
लामिछानेले निकटतम् प्रतिद्वन्द्विभन्दा ४२ हजार ९६२ मतान्तर बनाएका छन्। यो मतान्तर र मत मंसिर ४ को निर्वाचनभन्दा धेरै हो।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जीतनारायण श्रेष्ठले ११२१४ मत ल्याएर दोस्रो भएका छन्। एमालेका रामप्रसाद न्यौपाने १०९३६ मतसहित तेस्रो बने। लामिछानेको अघिल्लो निर्वाचनमा ८४, ३१५ मतमा ४९ हजार २९६ मत ल्याएका थिए।