चितवन, असोज १४: जिल्ला कारागार चितवनमा रहेका एक कैदीको मृत्यु भएको छ । कारागार कार्यालयले दिएकाे जानकारी अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई रहेका छन् ।
उनी जबर्जस्ती करणी मुद्दामा २०७३ मा छ वर्ष कैद सजाय पाएका राईको मंगलबार बिहान मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।
राई अर्बुदरोगका कारण काठमाडौँबाट यही असोज २ गते कारागार कार्यालय भरतपुर ल्याइएको बुझिएकाे छ । उनको उपचारका क्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएको हो । मृतक राईको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।