चितवनलाई ३ विकेटले पराजित गर्दै पोखराले जित्यो पीपीएल उपाधि

| 2018 Nov 06 | 03:23 pm 2062

काठमाडौं २० कार्तिक : पोखरामा सम्पन्न भएको पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा चितवनलाई ३ विकेटले पराजित गर्दै पोखराले उपाधि जितेका छन् । घरेलु प्रतियोगितामा हुने सर्वाधिक पुरस्कार राशिको क्रिकेट खेलमा फाइनलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको हो ।

चितवनले निर्धारित २० ओभरमा दिएको १६१ रनको लक्ष पोखराले ४ बल बाँकी रहँदा लक्ष पुरा गर्दै ३ विकेटले विजयी भएको हो । पोखराको लागि रवीन्द्र सिंहले ५८ बलमा सर्वाधिक ९० रनको योगदान दिएका छन् । रोमाञ्चक रहेको खेलमा अन्तिम ४ रनको आवश्यक रोको पोखरालाई विनोद भण्डारीको चौकाले प्रहार गर्दै उपाधि दिलाएको हो ।

खेलमा मोहम्मद नाभिदले २५ रन, कप्तान शरद भेषवाकरले २२ रन, आशिफ शेखले १२ रनको योगदान दिए । भने कुशल भुर्तेल चार रन र रोहित पौडेल शून्य रनमै आउट भएका थिए । बलिङ तर्फ चितवन लागि भुवन कार्कीले २ विकेट लिए । त्यस्तै, पारस, सन्नी पटेल र करण केसीले समान १/१ विकेट लिए ।

यो भन्दा अगाडी सम्पन्न भएको २ खेलमै पारको कप्तानीमा रहेको टोलीले उपाधि हात पारको थियो । दुवै खेलामा पारस र शरद भेषवाकर कप्तान हरेको टोली भिडे पनि पारको टोलीले खेल जितेको थियो । यो वर्ष भएको खेलमा भने भेषवाकर कप्तान रोकेको पोखराले उपाधि हात पारेको हो ।

पारसको कप्तानी रहेको सन् २०१७ को धनगढी प्रिमियर लिग (डीपीएल) र काठमाडौंमा भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि हात पारको थियो । डीपीएल खेलको फाइनल पारसको कप्तानी रहेको धनगढी टिम चौराहाले शरदको नेतृत्वमा रहेको विराटनगर किङ्सलाई ६२ रनले पराजित गर्दै उपाधि जितेको थियो । भने ईपीएलको फाइनल पनि पारसकै कप्तानीमान रहेको टोली विराटनगर किङ्सले शरदको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्सलाई एक रनले पराजित गर्दै उपाधि चुमेको थियो ।

पीपीएलको विजेता पोखराले ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको चितवनले १० लाख नगद प्राप्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.