चितवनमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Dec 18 | 08:12 am 2265

चितवन, पुस ३: हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका – २८ अन्द्राउली बस्ने ७० वर्षिया भागीरथी सुवेदी रहेका छन् । उनकाे शनिबार राती साढे आठ बजे  मृत्यु भएको हो ।

घरको आँगनमा आगो तापिरहेको समयमा एक्कासी जंगली हात्तीले आक्रमण गरेको हो । घाइते सुवेदीको उपचारक्रममा भरतपुर अस्पतालमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजय पण्डितले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.