चितवनमा हात्तीकाे आक्रमणबाट एक महिलाकाे मृत्यु

| 2019 Sep 29 | 06:57 am 2042

चितवन, असाेज  ११: शनिबार राति जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर १ की अन्दाजी ६२ वर्षीया काशिमाया तमाङ रहेको स्थानीय बासिन्दा कृष्ण चौधरीले जानकारी दिए ।

स्थानीय बासी चौधरीले दिएकाे जानकारी अनुसार तामाङ गोठमा गाई फुकेर बाँध्न जाने क्रममा हात्तीले आक्रमण गरेको बताए । उनलाई राति ९ बजेको समयमा हात्तीले आक्रमण गरेका थिए । आक्रमणबाट तमाङको घटनास्थलमै मृत्यु भएको हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.