चितवनमा रविको बयान आज पनि जारी

| 2024 Dec 04 | 09:43 am 345

काठमाडौँ १९ मंसिर / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि जारी रहेको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा रविको बयान विहान ९ बजेबाट सुरु भएको हो ।

हिजो अपरान्ह ४ बजेसम्म चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछानेसँग बयान लिएका थिए ।

तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई साहरा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.