चितवनमा फेरि ध्रुवे हात्तीको आतंक

| 2023 Nov 13 | 12:54 pm 2169

चितवन, कार्तिक २७ । विगतमा २२ जना भन्दा धेरै मानिसको ज्यान लिएर आतंक मच्चाएको ध्रुवे नाम दिइएको जंगली हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट फेरी मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन्।

केही दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ। हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

तिवारीका अनुसार हात्ती नियन्त्रणका लागि प्राविधिक सहितको दुई टोली परिचालन गरिएको छ। हात्ती देखिएमा मात नियन्त्रण गर्ने औषधि प्रयोग गरी ‘डाट’ गर्ने उनले बताए। यसका लागि खुला ठाउँ वा फराकिलो बाटोमा भएको हुनुपर्छ। योसँगै हात्तिका गतिविधिको जानकारी लिनका लागि ‘स्याटेलाइट कलर’ जडान गरिने पनि तिवारीले जानकारी दिए । यसका लागि निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गर्दै आएका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.