चितवन, साउन ३ । खाना पकाउने ग्याँस बोक्ने बुलेटको सिटमुनी र टुलबक्समा लुकाएर राखेको एघार पोका गाँजा सहित चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार विशेष सूचनाको आधारमा खैरेनी पर्साबाट पूर्व जादै गरेको भारतीय नम्बर प्लेटको ग्याँस बुलेटमा चेकजाँच गर्दा उक्त गाँजा बरामद भएको हो ।
प्रहरीले उक्त गाँजा राप्ती लोथरबाट बरामद गरेको पनि उपरीक्षक कार्कीले बताए । पक्राउ पर्नेमा भारतको झारखण्डका ३५ वर्षिय मनोज कुमार पासवान र मकवानपुर मनहरीका ४५ वर्षिय राजु वाइवा रहेका छन् । पक्राउ परेका दुवै जना चालक रहेको प्रहरीले जनाएको छ ।