चितवनकाे पन्ध्रकिलाेमा ग्यास बाेकेकाे बुलेटमा आगलागी

| 2022 May 27 | 03:41 pm 397

चितवन, जेठ १३ः नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गतको पन्ध्र किलो भन्ने स्थानमा मुग्लिन तर्फ जाँदै गरेको यूपि १७ एटि ८६२७ नम्बरको एलपि ग्यास बुलेटमा अचानक आगलागी भएको छ। आगो दिउँसो करिव १२ बजेर ५० मिनेटमा लागेको थियो।

बुलेटमा लागेको आगो प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा १ बजेर ३५ मिनेटमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए। ग्यासमा भने क्षति नपुगेको अधिकारीले जानकारी दिए। तर, बुलेटको क्याविन र अगाडिको टायर जलेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, ग्यास बुलेट भारतको उडिसा स्थित पैरवी ग्यास कम्पनिबाट धादिङको श्रीराम ग्यास उद्योगको लागि ग्यास बोकेर आएको थियो। आगलागी भएपछि करिव १ घण्टा अवरुद्ध भएको सडक सुचारु भएको छ। अहिले एकतर्फी सवारीसाधान सञ्चालन गरिएको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.