चार संसदीय समितिको बैठक आज बस्दै

रिपोर्ट नेपाल | 2025 Jan 22 | 08:56 am 241

काठमाडौँ ,९ माघ / संघीय संसद्अन्तर्गतका चार समितिको बैठक आज बुधबार बस्दैछ। जसअन्तर्गत बुधबार बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।

बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपका क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरुसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुनेछ ।

यसैगरी, बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.