जोमसोम, कार्तिक २५ । मुस्ताङ जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं. २ मा रहेको मिङगुर गुरुङको च्याङ्ग्रा गोठमा हिमचितुवा छिरेर ८० वटा च्याङ्ग्रा मारिदिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भोजराज पाण्डेका अनुसार गुरुङको गोठमा एकै पटक चारवटा हिमचितुवा छिरेर ३० लाख भन्दा बढी मुल्यको च्याङ्ग्रा मारिदिएको छ ।
हिम चितुवाले आक्रमण गरी ८० च्याङ्ग्रा मारेको सुचना प्राप्त हुनासाथ प्रहरी चाैकी घामीबाट असइको नेतृत्वमा प्रहरी पुगेर मुचुल्का उठाएको छ । स्थानीय किसान मिङगुर गुरुङले पशु विमा गरेका कारण थोरै भए पनि राहत मिल्ने आशा गरीएको छ ।