चार दिने भारत भ्रमण सकेर फर्किदै प्रचण्ड

| 2018 Sep 09 | 11:57 am 1921

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’चार दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किने भएका छन्।

पार्टी एकता पछिको पहिलो विदेश भ्रमणका रुपमा भारत भ्रमण पुरा गरी १२:५५ बजे एयर इन्डियाको विमानबाट २:१५ बजे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल अाइपुग्‍नु हुने भएको जानकारी गराउँदछौं।

उनले भारत बसाईका क्रममा उच्चस्तरिय भेटवार्ता गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री तथा कांग्रेस आईका नेता डाक्टर मनमोहन सिंह, भारतीय कम्युनिस्ट पार्टीका शीर्ष नेता र उच्च सरकारी अधिकारीहरुसंग उनले भेटवार्ता गरेका थिए।

केपी ओली नेतृत्वको सरकार अलोकप्रिय बन्दै गएका बेला प्रचण्डको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रचण्ड यहि भदौ ३० गते चीन जाँदै छन्। चीन भ्रमणका क्रममा उनले चीनियाँ राष्ट्रपति लगायतका शीर्ष नेताहरुसंग भेट गर्ने तयारी भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.