काठमाडौं, साउन ३२: सुन्धारास्थित रहेकाे नागराज होटलको चौथो तलाबाट हाम फालेर एकजना महिलाले आत्महत्या गरेकी छन् ।
आत्महत्या गर्नेमा तनहुँकी ३८ वर्षीया दिलमाया गुरुङ रहेकी छन् । केही दिनदेखि उक्त होटलमा बस्दै आएकी र उनीसँगै सासु ससुरा पनिसँग बस्ने क्रममा दिलमाया गुरुङले शनिबार हाम्फालेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
हाेटलकाे जानकारी अनुसार उनी शुक्रबार उक्त होटेलमा कोठा लिएर बसेकी थिइन्। प्रहरीले घटनाकाे अनुसन्धानका लागि उनका परिवारका सदस्यलाई नियन्त्रणमा लिएको र यस बारेमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।